थप २०२ जनामा कोरोना संक्रमण, एकजनाको मृत्यु
काठमाडौँ । नेपालमा थप २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा ३८३३ जनाको नमुना परीक्षण गर्दा २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । त्यस्तै ४६२ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३३१३ पुगेको मन्त्रालयले जनाएको छ ।