कोभिड सङ्क्रमण घट्दो क्रममा



काठमाडौं । यो साता कोभिड–१९ सङ्क्रमण क्रमशः घट्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ । यो महिनामा सबैभन्दा बढी सङ्क्रमण भदौ १ गते देखिएको थियो । त्यसदिन आठ सय ५२ सङ्क्रमित भेटिएका थिए । त्यसपछिका दिनमा क्रमशः घट्दै गएकामा भदौ ६ गते एक्कासि बढेर छ सय ५८ सङ्क्रमित फेला परेका थिए ।

भदौ ७ गतेपछि भने सङ्क्रमण पुनः घट्दो क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सार्वजनिक विवरणमा उल्लेख छ । प्राप्त विवरणअनुसार भदौ ७ गते छ सय ३४, ८ गते चार सय ८७, ९ गते चार सय ४४ र १० गते तीन सय २४ मा सङ्क्रमण देखिएकामा शनिबार सङ्क्रमण घटेर एक सय ७३ मा झरेको छ ।

पछिलो २४ घण्टामा निको भएर घर गएका बिरामीको सङ्ख्या तीन सय ९६ रहेको छ । मन्त्रालयका अनुसार आज ४७ हजार एक सय ५२ ले खोप लगाएका छन् । आज कोरोना सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार छ सय १२ रहेको छ । निको हुने दर ९८ दशमलव चार प्रतिशत रहेको छ । हालसम्म ११ हजार नौ सय ९९ को मृत्यु भएको छ । अहिलेसम्म पिसिआर परीक्षणमा नौ लाख ९६ हजार छ सय ७० र एन्टीजेन परीक्षणमा एक लाख ५० हजार तीन सय ३२ मा सङ्क्रमण पुष्टि भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यान्सरको रोकथाम र प्रारम्भिक पहिचान गर्ने सरकारको लक्ष्य छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियानबाट कुनै पनि किशोरीलाई

संसारमा मानिसलाई सबैभन्दा बढी अशक्त भार पर्ने १० वटा रोगमध्ये पाँच वटा त मानसिक नै हो

-डा. अरुणा उप्रेती चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा

बेलायतकी अधिराजकुमारी सोफीया भक्तपुर अस्पताल पुग्दा…

  भक्तपुर । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले बुधबार

बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले