६३४ जनामा कोरोना संक्रमण, एकजनाको मृत्यु
काठमाडौँ । नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा ४९४९ जनाको नमुना परीक्षण गर्दा ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै ४१७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ४२२१ पुगेको मन्त्रालयले जनाएको छ ।