६५८ जनामा कोरोना संक्रमण, ४५६ जना संक्रमणमुक्त
काठमाडौँ । नेपालमा थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा ६६४३ जनाको नमुना परीक्षण गर्दा ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै ४५६ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ४२९६ पुगेको मन्त्रालयले जनाएको छ ।