थप २८६ जनामा कोरोना संक्रमण, ४७९ जना संक्रमणमुक्त
काठमाडौँ । नेपालमा थप २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा ३४२३ जनाको नमुना परीक्षण गर्दा २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै ४७९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ४३४८ पुगेको मन्त्रालयले जनाएको छ ।