थप ५४२ जनामा कोरोना संक्रमण, ४२१ जना संक्रमणमुक्त
काठमाडौँ । नेपालमा थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा ४९३० जनाको नमुना परीक्षण गर्दा ५४२जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । त्यस्तै ४२१ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५,२६५ पुगेको मन्त्रालयले जनाएको छ ।