थप ८५२ जनामा कोरोना संक्रमण, ३२८ जना संक्रमणमुक्त
काठमाडौँ । नेपालमा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा ६३८३ जनाको नमुना परीक्षण गर्दा ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । त्यस्तै ३२८ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५,४६२ पुगेको मन्त्रालयले जनाएको छ ।