थप ८८८ जनामा कोरोना संक्रमण एकजनाको मृत्यु
काठमाडौँ । नेपालमा थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा ५,७३७ जनाको नमुना परीक्षण गर्दा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै एक जनाको मृत्यु भएको छ । त्यस्तै ४७४ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५,३८७ पुगेको मन्त्रालयले जनाएको छ ।