थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
काठमाडौँ । नेपालमा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा ४८२९ जनाको नमुना परीक्षण गर्दा ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै २ जनाको मृत्यु भएको छ । त्यस्तै ३०२ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५,४३५ पुगेको मन्त्रालयले जनाएको छ ।