१०९० जनामा कोरोना सङ्क्रमण, ४३८ जना सङ्क्रमणमुक्त
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १०९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६३०० जनाको नमूना परीक्षण गरिएको थियो ।
सो अवधिमा ४३८ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका सक्रिय संक्रमितको सख्या ५८०६ पुगेको छ ।