थप ५५३ जनामा कोरोना सङ्क्रमण, ४३३ जना संक्रमणमुक्त
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३७८९ जनाको नमूना परीक्षण गरिएको थियो ।
सो अवधिमा ४३३ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । कोरोनाका सक्रिय संक्रमितको सख्या ५६५९ पुगेको छ ।