६६० जनामा कोरोना सङ्क्रमण, ४४४ जना संक्रमणमुक्त
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४६८२ जनाको नमूना परीक्षण गरिएको थियो ।
सो अवधिमा ४४४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका सक्रिय संक्रमितको सख्या ५६४१ पुगेको छ ।