थप ८९५ जनामा कोरोना सङ्क्रमण, २६४ जना सङ्क्रमणमुक्त
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८९५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५९०९ जनाको नमूना परीक्षण गरिएको थियो ।
सो अवधिमा २६४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका सक्रिय संक्रमितको सख्या ४९३४ पुगेको छ ।