विश्वमा दैनिक ४ हजार जनामा एचआइभी सङ्क्रमण



विश्वभर प्रत्येक दिन करिब चार हजार जनामा एचआईभी सङ्क्रमण हुने गरेको पाइएको छ । राष्ट्रसंघले देशहरूलाई यसको रोकथाम र उपचारमा पहुँच बढाउन आग्रह गर्दै यस्तो विवरण सार्वजनिक गरेको हो ।

राष्ट्रसंघले एचआईभी सङ्क्रमण नियन्त्रणमा प्रगति सुस्त रहेको जनाउँदै यसका विरुद्धमा जनचेतना जगाउन र नियन्त्रण गर्न लगानी बढाउन समेत आग्रह गरेको छ ।

एचआईभी/एड्स सम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यक्रम विश्वव्यापी एचआईभी प्रतिक्रियाको पछिल्लो तथ्याङ्कले कोभिड–१९ र अन्य विश्वव्यापी सङ्कटका पछिल्ला दुई वर्षहरूमा एचआईभी महामारी विरुद्धको प्रगति कमजोर भएको बताएको छ ।

यसका विरुद्ध परिचालन हुने स्रोतहरू सङ्कुचित भएका छन् जसका कारण लाखौंको ज्यान जोखिममा रहेको पनि तथ्याङ्कले देखाएको छ ।

नयाँ सङ्क्रमणको सङ्सङ्ख्या सन् २०२० र २०२१ को बीचमा विश्वव्यापी रूपमा केवल ३.६ प्रतिशतले घटेको छ जुन नयाँ एचआईभी सङ्क्रमणमा सन् २०१६ यताको सबैभन्दा कम अनुपातमा घटेको विवरण हो । पूर्वी युरोप र मध्य एशिया, मध्य पूर्व र उत्तर अफ्रिका र ल्याटिन अमेरिकामा धेरै वर्षदेखि वार्षिक एचआईभी सङ्क्रमणमा वृद्धि भएको पनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘यी तथ्याङ्कले विश्वव्यापी एड्स प्रतिक्रियालाई गम्भीर खतरामा रहेको देखाउँछ। यदि हामीले द्रुत रूपमा प्रगति गरेनौँ भने कोभिड–१९, लगायात अन्य सङ्कटका बीचमा यसको प्रकोप थप बढ्ने देखिन्छ । सम्भावित लाखौँ मृत्यु रोक्न खोजिरहेका छौँ,’ युएनएड्सका कार्यकारी निर्देशक विनी ब्यानिमाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिअनुसार एड्सले प्रत्येक मिनेटमा ज्यान लिइरहेको छ । औसतमा सन् २०२१ मा विभिन्न रोकथामात्मक उपचारका बाबजुद ६५०,००० जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।

‘यी तथ्याङ्कहरूले राजनीतिक इच्छाशक्तिलाई प्रतिबिम्बित गर्छन् । के हामी हाम्रा बालबालिकाहरूलाई सशक्तीकरण र संरक्षण गर्ने कुरामा ख्याल गर्छौँ ? के हामी बालबालिकाहरू एड्सबाट हुने मृत्यु रोक्न चाहन्छौं ? के हामीले जीवन बचाउने कुरालाई अपराधीकरणभन्दा अगाडि राख्छौं?’ ब्यानिमाले प्रतिप्रश्न गरेका छन् ।

‘यदि हामीले गर्छौं भने, हामीले यसको सङ्क्रमणलाइ रोक्ने कामलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ ।’

प्रतिवेदनले महामारी नियन्त्रण गर्न तत्काल कदम चालिएन भने विनाशकारी परिणामहरू आउँने देखिन्छ। यदि यही दरमा सङ्क्रमण बढ्दै जाने हो भने सन् २०२५ मा सङ्क्रमितको सङ्ख्या १२ लाखभन्दा बढी थप हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यान्सरको रोकथाम र प्रारम्भिक पहिचान गर्ने सरकारको लक्ष्य छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियानबाट कुनै पनि किशोरीलाई

विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने अर्जेन्टिनाको घोषणा

ब्युनस आयस । अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट बाहिरिने घोषणा गरेको छ

गाजाबाट ‘स्वैच्छिक’ प्रस्थानको योजना बनाउन इजरायली रक्षामन्त्रीको सेनालाई आदेश

जेरुसेलम । इजरायली रक्षामन्त्री इजरायल काट्जले बिहीबार सेनालाई प्यालेस्टिनीहरूलाई गाजा छोड्न दिने योजना

बङ्गलादेशका प्रदर्शनकारीद्वारा अपदस्थ नेतासँग सम्बन्धित भवनहरू ध्वस्त

ढाका । विद्यार्थीहरूले पदच्युत पूर्व नेता शेख हसिनाका पिताको सङ्ग्रहालय भत्काउन सुरु गरेको