दाङमा आए १८ डायलायसिस मेसिन



दाङ । दाङका लागि १८ ‘डायलायसिस मेसिन’ आएका छन् । स्वास्थ्य जनसङ्ख्या मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका लागि १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन पठाएको हो ।

यसअघि प्रतिष्ठानमा पाँच डायलायसिस मेसिनमात्रै थिए भने प्रादेशिक अस्पतालमा पनि पाँचवटा मात्रै थिए । सीमित मेसिन हुँदा मिर्गौलाका बिरामीले सास्ती खेप्नुपरेको थियो । लामो समय कुनुपर्ने तथा बाहिर सिफारिस गर्नुपर्ने अवस्था थियो ।

अब भने त्यो समस्या अन्त्य हुने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा विनोद सिंहले बताए ।

“यसअघि २३ जनामात्रै बिरामीलाई सेवा दिन सकिएको थियो”, उनले भने, “अब भने ६० जनासम्म बिरामीलाई सेवा दिन सकिन्छ ।” प्रतिष्ठानबाट पनि अहिलेसम्म २५ बिरामीले सेवा लिइरहेकामा १० मेसिन थपिएसँगै यस क्षेत्रका सबै बिरामीले सेवा पाउने सूचना अधिकारी निशान दाजु भट्टराईले बताए ।

उनका अनुसार अहिले दुई सिफ्टमा मात्रै सेवा दिने गरिएको भए पनि अब भने चौबीसै घण्टा सेवा दिन सकिन्छ । आएका डायलायसिस मेसिन सञ्चालनमा आउन करिब तीन महिना लाग्ने मेडिकल सुपरिटेण्डेन्ट डा सिंहले बताए ।

प्रतिष्ठानमा एक्सरे मेसिन
मन्त्रालयले प्रतिष्ठानका लागि एक्सरे मेसिन पनि उपलब्ध गराएको छ । हाडजोर्नीको शल्यक्रियाका लागि उक्त मेसिन उपलब्ध गराएको हो । प्रतिष्ठानका डिन डा सागर पन्थीका अनुसार मेसिन आएपछि हाडजोर्नी बिरामीका लागि उपयोगी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यान्सरको रोकथाम र प्रारम्भिक पहिचान गर्ने सरकारको लक्ष्य छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियानबाट कुनै पनि किशोरीलाई

संसारमा मानिसलाई सबैभन्दा बढी अशक्त भार पर्ने १० वटा रोगमध्ये पाँच वटा त मानसिक नै हो

-डा. अरुणा उप्रेती चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा

बेलायतकी अधिराजकुमारी सोफीया भक्तपुर अस्पताल पुग्दा…

  भक्तपुर । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले बुधबार

बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले