४३८ जनामा कोरोना सङ्क्रमण, २ जनाको मृत्यु
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३६९९ जनाको नमूना परीक्षण गरिएको थियो ।
सो अवधिमा २७७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका सक्रिय संक्रमितको सख्या ४३६९ पुगेको छ ।