६३८ जनामा कोरोना सङ्क्रमण, २१८ जना संक्रमणमुक्त


काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५०५५ जनाको नमूना परीक्षण गरिएको थियो ।

सो अवधिमा २१८ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका सक्रिय संक्रमितको सख्या ३७१४ पुगेको छ ।