थप ३९१ जनामा कोरोना सङ्क्रमण, ४६ जना सङ्क्रमणमुक्त
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३९८१ जनाको नमूना परीक्षण गरिएको थियो ।
सो अवधिमा ४६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । कोरोनाका सक्रिय संक्रमितको सख्या २२७६ पुगेको छ ।