थप २०५ जनामा कोरोना सङ्क्रमण, ५१ जना संक्रमणमुक्त
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३०९० जनाको नमूना परीक्षण गरिएको थियो ।
सो अवधिमा ५१ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । कोरोनाका सक्रिय संक्रमितको सख्या १३५० पुगेको छ ।