थप २०६ जनामा कोरोना सङ्क्रमण, ४५ जना संक्रमणमुक्त
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३१७५ जनाको नमूना परीक्षण गरिएको थियो ।
सो अवधिमा ४५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । कोरोनाका सक्रिय संक्रमितको सख्या १००५ पुगेको छ ।