९० जनामा कोरोना भाइरस सङ्क्रमण
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३११२ जनाको नमूना परीक्षण गरिएको थियो ।
सो अवधिमा २० जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । कोरोनाका सक्रिय संक्रमितको सख्या ४०१ पुगेको छ ।