बालबालिकाका लागि फाइजर र मोडर्ना खोप प्रयोगका लागि अमेरिकाको अनुमति



अमेरिकी खाद्य तथा औषधि प्रशासनले सबैभन्दा कम उमेरका बालबालिकामा फाइजर र मोडर्नाद्वारा विकसित कोभिड–१९ खोपको आपतकालिन प्रयोगका लागि शुक्रबार अनुमति प्रदान गरेको छ । अधिकांश मुलुकमा रोग प्रतिरोध क्षमताको पर्खाइमा रहेको यो अन्तिम उमेर समूह हो ।

एजेन्सीले छ महिनादेखि पाँच वर्षका बालबालिकाका लागि मोडर्नाको दुई मात्रा खोप र छ महिनादेखि चार वर्षबीचका केटाकेटीका लागि फाइजरको तीन मात्रा लिनसक्ने अनुमति दिएको हो ।

अमेरिकी खाद्य तथा औषधी प्रशासन प्रमुख रबर्ट क्यालिफले भने, ‘थुप्रै आमाबाबु, हेरचाह गर्ने र चिकित्सकहरूले साना बालबालिकाको लागि खोप सेवा पर्खिरहेका छन् र यस कार्यले छ महिना नपुगेका शिशुको सुरक्षासमेतमा मद्दत गर्नेछ । हामी आशा गर्छौं कि साना केटाकेटीका लागि खोपले अस्पतालमा भर्ना हुनपर्नेु र मृत्यको मुखमा पुग्नुपर्ने अवस्थाबाट सुरक्षा प्रदान गर्नेछ ।’

यद्यपि अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले खोपहरू प्रयोग गर्नुभन्दा पहिले अनुमति दिनुपर्छ । यो अन्तिम ग्रीनलाइट हो जुन विशेषज्ञहरूको सल्लाहकार समितिको बैठकपछि दिइनेछ ।

यो बैठक छिट्टै आयोजना हुने आशा गरिएको छ । तर अमेरिकी सरकारले एफडीएको निर्णय हुनेबित्तिकै तत्काल देशभर १० लाख मात्रा पठाउन सकिने बताएको छ । त्यसपछिका हप्ताहरुमा करोडौँ बढी खोपका मात्रा पठाउन सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने निर्णय

  काठमाडौँ । प्रधानमन्त्री  केपी शर्मा ओलीका अध्यक्षतामा शुक्रबार भएको चिकित्सा शिक्षा आयोगको

सन् २०२५ मा माल्दिभ्सले २३ लाख पर्यटक भित्राउने

कोलम्बो । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले सन् २०२५ मा माल्दिभ्समा २३ लाख पर्यटक

दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता

वासिङटन । अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा बिहीबार १० जना यात्रु बोकेको एउटा सानो

अमेरिकी सांसदहरूद्वारा सरकारी उपकरणहरूमा डिपसिक प्रतिबन्ध गर्न विधेयक पेश

वासिङ्टन । अमेरिकी सांसदहरूले बिहीबार चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स प्रोग्राम डिपसिकलाई प्रयोगकर्ताको डाटा सुरक्षाको