मङ्किपक्स आशङ्कामा गरिएको व्यक्तिमा कुष्ठरोग पुष्टि



काठमाडौं । मङ्किपक्सको आशङ्का गरिएको एक जना व्यक्तिमा कुष्ठरोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार रहेका व्यक्तिमा कुष्ठरोग रोग पुष्टि भएको जानकारी दिइन् ।

उनकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा विभिन्न छ ठाउँबाट ‘स्लिट स्किन स्मियर’ जाँच गर्दा ती व्यक्तिको आँखा र कानको तीन नमूनामा कुष्ठरोगको जिवाणु भेटिएको हो । दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषलाई मङ्किपक्सको आशङ्कामा बिहीबार टेकु अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो ।

अहिलेसम्म २९ वटा देशमा मङ्किपक्स देखापरेको र एक हजारभन्दा बढी सङ्क्रमित भएका छन् । मन्त्रालयका प्रवक्ता डा मिश्राले नेपालमा अहिलेसम्म मङ्किपक्सको बिरामी नेपाल फेला नपरेको बताइन् । दुबईबाट नेपाल आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य सहायता कक्षले मङ्किपक्सको आशाङ्कामा टेकु अस्पतालमा पठाएको थियो ।

“मन्त्रालयले विश्वव्यापी रुपमा बढ्दै गएको मङ्किपक्स सङ्क्रमणबारे सचेत रहेको र सर्तक अवस्थामा रहेको छ । यस सम्बन्धमा हामी सबै चिकित्सक र स्वास्थ्यकर्मीलाई मङ्किपक्सको कुनै पनि शंकास्पद सङ्क्रमणहरु मन्त्रालयअन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका सम्बन्धित अधिकारीलाई सूचना उपलब्ध गराउन आग्रह गर्दछौँ”, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ती बिरामी दुबई हुँदै नेपाल आएका हुन् । उनी दुबईमा वैदेशिक रोजगारका लागि गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने निर्णय

  काठमाडौँ । प्रधानमन्त्री  केपी शर्मा ओलीका अध्यक्षतामा शुक्रबार भएको चिकित्सा शिक्षा आयोगको

क्यान्सरको रोकथाम र प्रारम्भिक पहिचान गर्ने सरकारको लक्ष्य छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियानबाट कुनै पनि किशोरीलाई

संसारमा मानिसलाई सबैभन्दा बढी अशक्त भार पर्ने १० वटा रोगमध्ये पाँच वटा त मानसिक नै हो

-डा. अरुणा उप्रेती चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा

बेलायतकी अधिराजकुमारी सोफीया भक्तपुर अस्पताल पुग्दा…

  भक्तपुर । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले बुधबार