दुई दिने सार्वजनिक बिदाको चिकित्सक सङ्घद्वारा स्वागत
काठमाडौं । नेपाल चिकित्सक सङ्घले दुई दिने सार्वजनिक बिदा दिने सरकारको निर्णयको स्वागत गरेको छ । सङ्घका महासचिव डा बद्री रिजालले आइतबार विज्ञप्ति जारी गरी बिरामीलाई सेवा दिनुपर्ने चिकित्सक स्वयं आफू पनि मानसिक तथा शारीरिक तनावमा रहनुपर्ने भएकाले सरकारको निर्णय स्वास्थ्य क्षेत्रमा पनि लागू भई चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न सहयोग मिल्ने विश्वास व्यक्त गरेका छन् ।
“हप्ताको सातै दिन, दिन रात नभनी बिरामीको सेवामा खटिने चिकित्सक आफ्नो व्यस्त समयका कारण परिवारलाई समय दिन नसक्नु, आफ्नो कार्यमा व्यस्त रहनुले दुई दिनको सार्वजनिक बिदा दिने निर्णयले चिकित्सकलाई राहत मिलेको छ”, विज्ञप्तिमा उल्लेख छ ।