चितवन मेडिकल कलेजमा ट्रमा सेन्टर सञ्चालन



चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)मा आधुनिक ट्रमा सेन्टर सञ्चालनमा आएको छ । चौबीसै घण्टा सुविधा दिने गरी सेन्टर सञ्चालन गरिएको हो ।

अस्पतालका निर्देशक डा दयाराम लम्सालले घाइते र अन्य बिरामी एकै ठाउँमा राखेर उपचार गर्दा कहिलेकाहीँ घाइते प्राथमिकतामा नपर्ने हुँदा छुट्टै ट्रमा सेन्टर सुरु गरिएको बताए । उनले भने, “इमर्जेन्सीमा कहिले मुटु, कहिले ब्रेनहेमरेज, कहिले सानो बच्चा बिरामी आउँदा ट्रमाको बिरामी प्राथमिकतामा नपर्न सक्छन् तर ट्रमा सेन्टरमा प्राथमिकता पाउँछन् ।” घाइतेको उपचारमा अझै बढी ध्यान पुगोस् भनेर सेवा सुरु गरिएको उनले बताए ।

ट्रमा सेन्टरमा विशेषज्ञ चिकित्सकलाई छिटो जोड्न सकिने डा लम्सालले बताए । उनले भने, “ट्रमा सेन्टर बनाउँदा घाइते र अन्य बिरामीलाई न्याय हुन्छ । विकसित राष्ट्रमा ट्रमा सेन्टर छुट्टै बनाउने प्रचलन छ ।” दुवै प्रकृतिका बिरामी एकै ठाउँमा राखेर उपचार गर्न हुँदैन भन्ने नभएको उल्लेख गर्दै उनले ट्रमा सेन्टर बनाउँदा उत्तम भएको बताए । उनले भने, “यो उत्तम कार्य हो भनेर हामीले सुरु गरेका हौँ । अझै छिटोछरितो र गुणस्तरीय सेवा होस् भन्ने चाहना हाम्रो हो ।”

ट्रमा सेन्टरमा एनेस्थेसिया, जनरल सर्जरी, अर्थाेपेडिक सर्जरी, म्याग्जिलोफेसियल लगायतका सेवालाई सक्रिय गर्न सजिलो हुने बताउँदै डा लम्सालले भने, “ट्रमा टिम नै चाहिन्छ, एक जना मात्रै भएर हुँदैन ।”

ट्रमा हेर्दै आएका सघन उपचारसम्बन्धी विशेषज्ञ डा वसन्त गौलीका अनुसार ट्रमाका सम्पूर्ण मापदण्ड पालना गरेर सेवा सुरु गरिएको छ । सेन्टरमा ट्रमा आकस्मिक कक्ष, ट्रमा सघन उपचार कक्षु, ट्रमा शल्यक्रिया कक्ष, ट्रमा पोष्टअप, ट्रमा वार्ड छन् । दुर्घटनाका घाइते परीक्षणका लागि आवश्यक पर्ने, एक्सरे, सिटीस्क्यान, एमआरआइलगायत सम्पूर्ण सुविधा सेन्टरमा नै उपलब्ध रहेको उनले जानकारी दिए ।

डा गौलेले भने, “जनरल इमर्जेन्सी (आकस्मिक कक्ष) मा मेडिकल, सर्जकल सबै खालका बिरामी हुन्छन् । उनीहरुको गम्भीरता हेरेर पहेँलो, हरियो र रातो भनेर छुट्याइन्छ । आकस्मिकमा कुनै बिरामीलाई विस्तारै उपचार गर्दा पनि हुन्छ । त्यही भीडमा ट्रमा (दुर्घटनालगायतका घाइते) बिरामी आयो भने अलपत्र पर्न सक्छ ।” ट्रमा सेन्टरमा दुर्घटनाका घाइते मात्रै आउने हुँदा उनीहरुले समयमै राम्रो र गुणस्तरीय उपचार पाउने उनको भनाइ छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले ट्रमा सेन्टर चितवनको स्वास्थ्य सेवामा एउटा नयाँ आयाम भएको बताए । उनले चितवनमा विशिष्टीकृत सेवासहितको ट्रमा सेन्टर सञ्चालनमा आएसँगै चितवन र आसपासका जिल्लाका दुर्घटनाका घाइते उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यता हटेको बताए । देशको केन्द्र भाग र राजमार्गको सञ्जालमा रहेकाले जिल्लामा दुर्घटनाका धेरै घाइते आउने गर्दछन् । ट्रमा सेन्टर सुरु भएसँगै घाइते लाभान्वित हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने निर्णय

  काठमाडौँ । प्रधानमन्त्री  केपी शर्मा ओलीका अध्यक्षतामा शुक्रबार भएको चिकित्सा शिक्षा आयोगको

क्यान्सरको रोकथाम र प्रारम्भिक पहिचान गर्ने सरकारको लक्ष्य छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियानबाट कुनै पनि किशोरीलाई

संसारमा मानिसलाई सबैभन्दा बढी अशक्त भार पर्ने १० वटा रोगमध्ये पाँच वटा त मानसिक नै हो

-डा. अरुणा उप्रेती चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा

बेलायतकी अधिराजकुमारी सोफीया भक्तपुर अस्पताल पुग्दा…

  भक्तपुर । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले बुधबार