दाङमा तीन लाख ७४ हजारले खाए हात्तीपाइले रोगविरुद्धको औषधि



दाङ । सरकारले हात्तीपाइले रोग प्रभावित जिल्लामा प्रत्येक वर्ष सञ्चालन गर्ने औषधि सेवन कार्यक्रमअन्तर्गत दाङमा बुधबारसम्म करिब ५० प्रतिशत नागरिकले औषधि खाएका छन् ।

हात्तीपाइले रोग मानिसलाई शारीरिक समस्या गराउने र अशक्त, अपाङ्गता बनाउने एक सरुवा रोग हो । यो सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार अहिलेसम्म तीन लाख ७४ हजार १४४ जनाले औषधि खाएका छन् । जिल्लाका १० वटै पालिकामा आम औषधि सेवन कार्यक्रम जारी छ ।

यस वर्ष छ लाख ५५ हजार ७६१ जनालाई औषधि खुवाउने स्वास्थ्य कार्यालयले लक्ष्य लिएको थियो । हालै घोराही–२ रामपुरमा ३३० जनाको नमूना जाँच गर्दा ११ जनामा र देउखुरीको सिसहनियामा ३१४ जनाको नमूना जाँच गर्दा १५ जनामा हात्तीपाइलेको परजीवी भेटिएको थियो । कार्यालयको आँकडाअनुसार हातखुट्टा सुन्निएका २८९, हाइड्रोसिल भएका एक हजार ६१४ र दुवै भएका १३२ जना हात्तीपाइलेका रोगी रहेका फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

एक हजार स्वास्थ्यकर्मीहरू औषधि खुवाउन घरदैलोमा रहेका छन् । लगातार छ वर्षसम्म औषधि सेवन गरेमा यो रोगबाट बच्न सकिन्छ तर दाङमा आम मानिसले औषधि सेवन नगरिदिँदा १२औँ वर्षका रूपमा यस वर्ष पनि औषधि खुवाउने अभियान सञ्चालन भएको उनले बताए । गत वर्ष दाङमा ६४ प्रतिशत नागरिकले मात्रै औषधि खाएका थिए ।

सबै नागरिकले नियमित औषधि सेवन नगर्दा अभियान नै प्रभावित हुँदै आएको छ । सबै पालिकाहरुको पूर्ण विवरण आउन बाँकी रहेकाले अहिलेसम्म ५० प्रतिशतले औषधि खाएको फोकल पर्सन चन्दले जानकारी दिए ।

पालिकाहरूले औषधि खुवाउनका लागि एकदेखि दुई हप्ताको समय छुट्याएका छन् । शरीरमा हात्तीपाइले रोगको परजीवी भएका व्यक्तिमा हात्तीपाइले रोगको औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुखाइ, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ । यदि त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दछ भनेर बुझ्नुपर्ने स्वास्थ्य कार्यालय दाङका प्रमुख अङ्गदबहादुर शाहीले बताए ।

ती लक्षणहरु केही घण्टाभित्र आफैँ हराएर जाने उनले बताए । आगामी दुई वर्षमा जिल्लाबाट हात्तीपाइले रोगलाई निवारण गर्ने लक्ष्य लिइएको प्रमुख शाहीको भनाइ छ । अहिले पनि जिल्लामा चार प्रतिशतमा हात्तीपाइलेको परजीवी रहेको छ । कम्तीमा दुई प्रतिशतभन्दा तल झार्ने गरी आमऔषधि सेवन कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने निर्णय

  काठमाडौँ । प्रधानमन्त्री  केपी शर्मा ओलीका अध्यक्षतामा शुक्रबार भएको चिकित्सा शिक्षा आयोगको

क्यान्सरको रोकथाम र प्रारम्भिक पहिचान गर्ने सरकारको लक्ष्य छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियानबाट कुनै पनि किशोरीलाई

संसारमा मानिसलाई सबैभन्दा बढी अशक्त भार पर्ने १० वटा रोगमध्ये पाँच वटा त मानसिक नै हो

-डा. अरुणा उप्रेती चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा

बेलायतकी अधिराजकुमारी सोफीया भक्तपुर अस्पताल पुग्दा…

  भक्तपुर । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले बुधबार