बेलायतद्वारा नेपाललाई २१ लाख डोज खोप हस्तान्तरण



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छन् । बिहीबार मन्त्रालयमा भएको भेटमा मन्त्री खतिवडाले बेलायत र नेपालको २०० वर्षभन्दा पुरानो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै कोभिड–१९ महामारीका बेला बेलायत सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरे ।

“विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ विरुद्धको यो लडाइँमा बेलायत सरकारले भेन्टिलेटर, भ्याक्सिनलगायत अन्य स्वास्थ्य सामग्री सहयोगस्वरूप प्रदान गरेकामा बेलयाती सरकार र बेलायती जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु”, मन्त्री खतिवडाले भने ।

नेपालको पूर्वाधार विकास, स्वास्थ्य र शिक्षा क्षेत्रको विकासका लागि बेलायत सरकारले प्रदान गरेको सहयोग उल्लेखनीय रहेको मन्त्री खतिवडाले बताए । सन् २००४ देखि नै नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि नेपाल स्वास्थ्य क्षेत्र रणनीति कार्यान्वयनका लागि बेलायत सरकारले गरेको योगदानको समेत मन्त्री खतिवडाले स्मरण गरे । राजदूत पोलिटले जिज्ञासाका सन्दर्भमा स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सेवातर्फका सचिव डा रोशन पोखरेलले थप प्रष्ट पारेका थिए ।

२१ लाख मात्रा खोप हस्तान्तरण

सोही अवसरमा राजदूत पोलिटले बेलायत सरकारका तर्फबाट २१ लाख मात्रा खोप मन्त्री खतिवडालाई हस्तान्तरण गरेकी थिइन् । भेटघाट कार्यक्रममा सचिव पोखरेल, प्रवक्ता डा सङ्गीता मिश्रालगायतका मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘एचपीभी’ खोप ढुक्कसँग लगाउनुहोस् यसले असर गर्दैन’

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–२ स्थित माछापुच्छ्रे माविमा कक्षा ८ मा अध्ययनरत छात्रा सजिना

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने निर्णय

  काठमाडौँ । प्रधानमन्त्री  केपी शर्मा ओलीका अध्यक्षतामा शुक्रबार भएको चिकित्सा शिक्षा आयोगको

क्यान्सरको रोकथाम र प्रारम्भिक पहिचान गर्ने सरकारको लक्ष्य छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियानबाट कुनै पनि किशोरीलाई

संसारमा मानिसलाई सबैभन्दा बढी अशक्त भार पर्ने १० वटा रोगमध्ये पाँच वटा त मानसिक नै हो

-डा. अरुणा उप्रेती चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा