यस्ता छन् स्वास्थ्यमन्त्रीले कार्यभार सम्हालेपछि मन्त्रालयको प्रगति विवरण



काठमाडौं । सरकारले १८ वर्ष उमेर पुरा भएका सबैलाई बुस्टर डोज दिने भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गरेको कार्यप्रगति विवरण सार्वजनिक गर्दै १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज दिने बताए । २०७८ माघ २७ गते देखि १८ बर्ष उमेर पुगेका सबैलाई बुस्टर डोज प्रदान गर्ने निर्णय भैसकेको उल्लेख गर्दै उनले फागुन १ गतेबाट दोस्रो डोज खोप लगाएको कार्डको आधारमा बुस्टर डोज लगाउन पाउने बताए ।

मन्त्री खतिवडाले १२ देखि १७ वर्ष उमेर समूहका करिब ३४ लाख बालबालिकाहरूलाई खोप दिने कार्य शुरु गरिएको जानकारी दिए । उनले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई समेत कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न खोपको उपलब्धता सुनिश्चितता भइसकेको बताए ।

ठूला अस्पतालहरुमा र जनघनत्व बढी भएका शहरका विभिन्न सार्वजनिक स्थानहरुमा खोप केन्द्र निर्धारण गरेर दैनिक रुपमा खोप प्रदान भैरहेको तथा दैनिक आवतजावत गर्ने स्थान जस्तै बसपार्क, काठमाडौ उपत्यकाका मुख्य प्रवेश नाकाहरुमा यात्रुहरूलाई लक्षित गरी दैनिक खोप सेवा प्रदान गरिएको मन्त्री खतिवडाले जानकारी दिए ।

हालसम्म ४ करोड ६५ लाख ७० हजार ७२० खोप प्राप्त भइसकेको र ३ करोड ४८ लाख २५ हजार ६०१ मात्रा खोप लगाइसकिएको उनले जानकारी दिए । कोभिड–१९ परीक्षणको मूल्य निजी अस्पतालका प्रयोगशालामा २ हजार रुपैयाँबाट घटाई १ हजार ५०० रुपैयाँ र सरकारी स्वास्थ्य संस्थामा १ हजार रुपैयाँबाट घटाई ८०० रुपैयाँ कायम गरिएको पनि मन्त्री खतिवडाले जानकारी दिए ।

कोभिड–१९ युनिफाइड अस्पताल (वीर अस्पताल) मा २४ सै घण्टा (११३३) सेवा मार्फत परामर्श सेवा प्रदान गर्न शुरु भएको, भारतसँग सिमाना जोडिएका प्रवेश बिन्दुहरुमा स्थापित हेल्थ डेस्कको क्षमता वृद्धि गरी दैनिक नेपाल प्रवेश गर्ने यात्रुहरु मध्ये ९० प्रतिशतको स्क्रिनिङ भैरहेको तथा स्क्रिनिङ भएका मध्ये ८७ प्रतिशतभन्दा धेरैको कोभिड–१९ को परीक्षण भइरहेको जानकारी दिइएको छ ।

त्यस्तै कपिलवस्तुमा फैलिएको हैजाको प्रकोपलाई समयमै नियन्त्रण गरी, हैजा विरुद्धको खोप अभियान सञ्चालन गरिएको जनाइएको छ । मन्त्री खतिवडाले मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी बहुक्षेत्रीय कार्ययोजना (२०७८–२०८३) मन्त्रिपरिषदबाट स्वीकृत भैसकेको, मृगौला प्रत्यारोपण, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८ को मस्यौदा, राष्ट्रिय राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०७८–२०८८ को मस्यौदा, राष्ट्रिय आँखा स्वास्थ्य रणनीति २०७८–२०८६ को अन्तिम मस्यौदा, जेरीयाट्रीक स्वास्थ्य सेवा रणनीति २०७८, नेपाल स्वास्थ्य लेखा २०१७–१८, नेपाल स्वास्थ्य संस्था सर्वेक्षण–२०२१, टेलिमेडीसीन सेवा सञ्चालन कार्यविधि, २०७८, आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका,२०७८ तर्जुमा भएको बताइएको छ । त्यस्तै, दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यले सरकार र विकास साझेदारको संयुक्त पहलमा नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना, २०७९–२०८६ तर्जुमा कार्य शुरु गरिएको मन्त्री खतिवडाले बताए ।

संघ, प्रदेश र स्थानीय गरी ३ वटै तहमा जनगणना २०७८ मा आधारित मातृ मृत्यु अध्ययन सम्पन्न गरिएको, कोभिड–१९ संक्रमित बालबालिकाहरूको उपचार सम्बन्धी मापदण्ड, आकस्मिक स्वास्थ्य सेवा, आधारभूत स्वास्थ्य सेवा, मानसिक स्वास्थ्य, आँखा, नाक, कान, घाँटी, मुख स्वास्थ्यको लागि स्तरीय उपचार पद्धति स्तरीय उपचार मापदण्ड जारी गरिएको जानकारी गराइएको छ ।

रेबिज बिरुद्धको इम्यूनोगÞ्लोबुलिन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुबाट मात्र वितरण गरिँदै आएकोमा हाल सातै प्रदेशका १–१ ओटा अस्पतालबाट निःशुल्क उपलब्ध हुने व्यवस्था गरिएको र नेपालको मध्य भागमा जेष्ठ नागरिक अस्पताल स्थापना गर्ने उद्देश्यले समिति गठन गरि सम्भाव्यता अध्ययन गर्ने कार्य भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘एचपीभी’ खोप ढुक्कसँग लगाउनुहोस् यसले असर गर्दैन’

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–२ स्थित माछापुच्छ्रे माविमा कक्षा ८ मा अध्ययनरत छात्रा सजिना

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने निर्णय

  काठमाडौँ । प्रधानमन्त्री  केपी शर्मा ओलीका अध्यक्षतामा शुक्रबार भएको चिकित्सा शिक्षा आयोगको

क्यान्सरको रोकथाम र प्रारम्भिक पहिचान गर्ने सरकारको लक्ष्य छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियानबाट कुनै पनि किशोरीलाई

संसारमा मानिसलाई सबैभन्दा बढी अशक्त भार पर्ने १० वटा रोगमध्ये पाँच वटा त मानसिक नै हो

-डा. अरुणा उप्रेती चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा