कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु, २६० जना संक्रमणमुक्त



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १२ हजार ५६६ जनाको पिसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पिसीआर परीक्षण गर्नेको सङ्ख्या आठ लाख २७ हजार ७६३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९६ हजार १७४ पुगेको छ । पछिल्लो समय थप २६० जना कोरोनाबाट निको भएका छन् । योसँगै कोरोनाबाट मुक्त हुने सङ्ख्या आठ लाख ११ हजार २६५ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८८ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी, पछिल्लो समय दुई लाख ८३ हजार २६५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ९१० छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘एचपीभी’ खोप ढुक्कसँग लगाउनुहोस् यसले असर गर्दैन’

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–२ स्थित माछापुच्छ्रे माविमा कक्षा ८ मा अध्ययनरत छात्रा सजिना

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने निर्णय

  काठमाडौँ । प्रधानमन्त्री  केपी शर्मा ओलीका अध्यक्षतामा शुक्रबार भएको चिकित्सा शिक्षा आयोगको

क्यान्सरको रोकथाम र प्रारम्भिक पहिचान गर्ने सरकारको लक्ष्य छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियानबाट कुनै पनि किशोरीलाई

संसारमा मानिसलाई सबैभन्दा बढी अशक्त भार पर्ने १० वटा रोगमध्ये पाँच वटा त मानसिक नै हो

-डा. अरुणा उप्रेती चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा