मानव अंग प्रत्यारोपण केन्द्रमा आठ सयको सफल मिर्गौला प्रत्यारोपण



भक्तपुर । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सोमबारसम्म ८०० जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । विसं २०६९ माघ ६ गतेदेखि मिर्गौला प्रत्यारोपण सुरु गरेको यस केन्द्रले नौ वर्षको अवधिमै यो सफलता हासिल गरेको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा श्रेष्ठ, वरिष्ठ नेफ्रोलोजिष्ट डा कल्पना श्रेष्ठ, प्रमुख कन्सल्टेन्ट युरोलोजिष्ट तथा प्रत्यारोपण सर्जन प्रा डा राकेशकुमार बर्मा, एनेस्थेसियोलोजिष्ट डा आरती राई, निमित्त नर्सिङ निर्देशक कोपिला दाहालको टोलीले हालसम्म सम्पन्न गरेको प्रत्यारोपणमा अङ्गदातातर्फ १०० प्रतिशत सफलता हासिल गरेको र मिर्गौला प्रत्यारोपणतर्फ ९८ प्रतिशत सफलता प्राप्त भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘एचपीभी’ खोप ढुक्कसँग लगाउनुहोस् यसले असर गर्दैन’

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–२ स्थित माछापुच्छ्रे माविमा कक्षा ८ मा अध्ययनरत छात्रा सजिना

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने निर्णय

  काठमाडौँ । प्रधानमन्त्री  केपी शर्मा ओलीका अध्यक्षतामा शुक्रबार भएको चिकित्सा शिक्षा आयोगको

क्यान्सरको रोकथाम र प्रारम्भिक पहिचान गर्ने सरकारको लक्ष्य छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियानबाट कुनै पनि किशोरीलाई

संसारमा मानिसलाई सबैभन्दा बढी अशक्त भार पर्ने १० वटा रोगमध्ये पाँच वटा त मानसिक नै हो

-डा. अरुणा उप्रेती चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा