सरकारी अस्पतालमा कार्यरत चिकित्सकको सुविधा थप गरिने



चितवन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई बाहिर काम गर्नु नपर्ने गरी सुविधा दिने तयारीमा सरकार लागेको बताएका छन् ।

चितवनको शिवनगरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको अनुगमन र निरीक्षणपछि आयोजित कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले सरकारी अस्पतालमा कार्यरत चिकित्सकको सुविधा थप गरिने बताएका हुन् ।

उनले भने,“सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई सेवा सुविधा थप गरेर सकेसम्म निजी क्षेत्रमा सेवा गर्न जान रोक्ने तर्फ सरकारले प्रयास गरिरहेको छ ।” राज्यमन्त्री श्रेष्ठले यसका लागि समिति बनाएर आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिए ।

उनले अस्पताल जनताले सेवा लिन सक्ने र चिकित्सक जान र बस्न सक्ने स्थानमा निर्माण गरिनुपर्नेमा जोड दिए । देशभरका ७५३ पालिकामा अहिले पालिकास्तरीय अस्पताल निर्माणको काम भइरहेको भन्दै राज्यमन्त्री श्रेष्ठले अस्पताल निर्माण गर्दा योजना बनाएर गर्नुपर्ने बताए ।

उनले भने, “एक सय दिनमा के गर्ने, ६ महिनामा के गर्ने र एक वर्षमा के गर्ने योजना बनाएर काम गर्नुस् । जनताले सेवा पाउनुपर्यो ।”

भरतपुर महानगरपालिका–१४ का वडाध्यक्ष ओमप्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष बाबुराम दाहाल, वडा सदस्य प्रकाश गुरुङ र डा सागर पौडेलले अस्पतालका बारेमा जानकारी गराएका थिए । शिवनगर र शारदानगर स्वास्थ्य केन्द्रलाई पालिकास्तरीय अस्पतालका रुपमा विकास गरेर सञ्चालनमा ल्याइएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘ गृहमन्त्रीले आफैंले कमान्ड गरेको प्रहरीको सुरक्षा दिन सक्दैन भने नेपाली युवा देशमा किन बस्ने ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाल प्रहरीको सुरक्षा गर्न नसकेको

नेपाल समाजवादी पार्टीको महिला उपाध्यक्षमा मानुषी यमि निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई निर्विरोध

एचपिभी खोपस्थलमा सावधानी अपनाउन प्रशासनको निर्देशन

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले किशोरीलाई महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन

कतै न कतै अझै सङ्घीयतालाई भित्रैदेखि स्वीकार गर्न नसकिएको हो कि भन्ने लाग्छ

काठमाडौँ। राष्ट्रियसभामा आएको तीन वर्षका अवधिमा आफूले निर्वाह गरेको भूमिकाप्रति म सन्तुष्ट छु