थप १७६० जनामा कोरोना संक्रमण, १२२० सङ्क्रमणमुक्त



काठमाडौं । विगत २४ घण्टामा देशभर एक हजार ७६० मा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार १६ हजार ८४४ मा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी बुधबार काठमाडौँ उपत्यकामा ४९५ जनामा सङ्क्रमण पुष्टि भएको छ । उनका अनुसार भक्तपुरमा ६३ जना, ललितपुरमा ७२ र काठमाडौँ ३६० सङ्क्रमित भेटिएका छन् ।

पछिल्लो पटक कूल परीक्षण गराएकामध्ये सङ्क्रमित हुने दरमा पनि कमी आएको पौडेलले बताए । गत साउनमा परीक्षण गराएकामध्ये २२ प्रतिशतमा सङ्क्रमण हुने गरेकामा हाल आएर त्यो घटेको पाइएको उनको भनाइ छ । कूल परीक्षण गरिएकामध्ये १०.६ प्रतिशतमा सङ्क्रमण देखिएको पौडेलले जानकारी दिए ।

यस्तै सक्रिय सङ्क्रमित २६ हजार ३०३ छन् । पाँच हजारभन्दा बढी सङ्क्रमित भएका जिल्ला ११ छन् । यस्तै उहाँका अनुसार एक हजार २२० सङ्क्रमण मुक्त भएका छन् । हालसम्म सात लाख ४३ हजार ५२६ सङ्क्रमण मुक्त भएका छन् । नेपालमा सङ्क्रमण मुक्त हुने दर ९५.२ प्रतिशत छ ।

यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा सात जनाको ज्यान गएको छ । हालसम्म सङ्क्रमणबाट १० हजार ९९१ को मृत्यु भएको छ । नेपालमा प्रति लाखमा ३७० को सङ्क्रमणको कारणले मृत्यु हुने गरेको छ । यस्तै ४०७ सघन उपचार कक्ष (आइसियु), १२९ जना भेन्टिलेटर, २४ हजार ६८३ जना होम आइसोलेशन, एक हजार ६२४ जना संस्थागत आइसोलेशन र २१८ जना क्वारेन्टिनमा छन् ।

यसैगरी आज २९ लाख ९१ हजार १३१ ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म ६० लाख चार हजार १९ ले पहिलो मात्रा र ५४ लाख १५ हजार ४२७ ले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुख्यमन्त्री आचार्यद्वारा प्रादेशिक अस्पतालको भवन अनुगमन

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको अनुगमन

एचपिभी खोपस्थलमा सावधानी अपनाउन प्रशासनको निर्देशन

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले किशोरीलाई महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन

बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्न नयाँ ढाँचाः बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला धेरै

काठमाडौं । परिवार व्यवस्थापन सेवा सञ्चालनका लागि सरकारले साझेदारी ढाँचामा सेवा प्रदान गर्न

वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायको पुस्तक ‘मान्छेको मुटु’

  काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायको पुस्तक ‘मान्छेको मुटु’ सार्वजनिक