कर्णालीका १० जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री



काठमाडौं । आनी छोइङ डोल्मा फाउण्डेशन र प्रारम्भ सामाजिक संस्थाको संयुक्त सहयोगमा कर्णाली प्रदेशका १० जिल्ला अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

कोभिड–१९ विरुद्धको अभियानस्वरुप दुवै संस्थाले कर्णालीका १० जिल्ला अस्पताललाई दुई÷दुई थानका दरले २० थान अक्सिजन कन्सन्ट्रेटर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमार्फत वितरण गरिएको हो ।
यसअघि पनि सो संस्थाले सरकारी, सामुदायिक तथा आइसोलेशन केन्द्रलाई कोभिड–१९ सम्बन्धी विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

आनी छोइङ डोल्मा फाउण्डेशनका अध्यक्ष तथा गायिका डोल्मा, सिङ्गापुर रेडक्रसका लागि नेपाल प्रतिनिधि प्रारम्भका अध्यक्ष कल्पना क्षेत्री एवं सदस्य सनैना क्षेत्रीले संयुक्तरुपमा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवाल, काभ्रेका सभापति बद्रीराज तिमल्सिना, सुर्खेतका सभापति ललित बसेल, युवा व्यवसायी तथा सामाजिक अभियानकर्मी यदु भट्टराई, मनोज पुरी तथा सुर्खेत उद्योग वाणिज्य सङ्घका पदाधिकारीको उपस्थिति थियो ।

कोरोना महामारीको पहिलो लहरदेखि नै स्वास्थ्य सामग्री लगायतका सहयोग गर्दै आएको प्रारम्भ र आनी छोइङ डोल्मा फाउण्डेशनले नयाँ भेरियन्टसहितको महामारी फैलिएसँगै भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, पिपिई अक्सिमिटर, फस्र्ट एड किट्सलगायत सामग्री सहयोग उपलब्ध गराउँदै आएको नेपाल पत्रकार महासङ्घ काभ्रेका सभापति तिमल्सिनाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान संचालन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि

सिकलसेल एनिमियाबारे सचेतनाका लागि स्वास्थ्यकर्मी गाउँमा

कञ्चनपुर । सिकलसेल एनिमिया र थालेसिमियासम्बन्धी पैरवी कार्यक्रम सञ्चालन गरी स्वास्थ्य कार्यालयले सर्वसाधारणलाई

मुख्यमन्त्री आचार्यद्वारा प्रादेशिक अस्पतालको भवन अनुगमन

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको अनुगमन

एचपिभी खोपस्थलमा सावधानी अपनाउन प्रशासनको निर्देशन

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले किशोरीलाई महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन