रसुवागढी नाकाबाट १० हजार अक्सिजन सिलिण्डर आयात



रसुवा । कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन् ।

चीन सरकारको सहयोगमा केही दिन अगाडि भित्रिएको एक हजार ५०० सिलिण्डरका साथै निजी व्यवसायीबाट पनि अक्सिजन सिलिण्डर आयात गर्ने काम भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार दोस्रो लहरको कोरोना सङ्क्रमण बढेपश्चात वैशाखदेखि हालसम्म निजी क्षेत्रका व्यापारी व्यवसायीले करिब १० हजार थान अक्सिजन सिलिण्डर नेपाल भित्राइसकेका छन् ।

मानव उपचारका लागि आयात गरिएका कुनै पनि माल सामग्री चीनको उत्पादक कम्पनीबाट रसुवागढीको मितेरी पुल पुग्नासाथ तुरून्तै भन्सार प्रक्रिया पूरा गरी काठमाडौँ पठाउने कामलाई पहिलो प्राथमिकता दिइएको भन्सार कार्यालयका कर्मचारीले बताएका छन् ।

कोरोना सङ्क्रमणको असरले बिहानको समयमा मात्र सामग्री आयात हुने गरे पनि चिनियाँ भन्सार कार्यालयका कर्मचारीसँग आफ्नो अत्यन्तै नरम सद्भाव भएका कारण स्वास्थ्य सामग्री बोकी आएका सवारी साधन बिहानदेखि साँझसम्म नेपाल भित्रिने वातावरण बनाइएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए ।

अक्सिजन सिलिण्डरका लागि नेपाल सरकारको निर्णयानुसार भन्सार शुल्क छुट गरिएको छ । सिलिण्डरका साथै स्यानिटाइजर तथा मास्कसमेतका वस्तु आयात भइरहेको छ । यस्तै चीनबाट दैनिक सातवटा चिनियाँ ठूला कन्टेनरद्वारा नियमित सामग्री आयात भइरहेको छ ।

दैनिक आयात भइरहेका सामग्रीमध्ये बिरामीलाई अत्यावश्यक पर्ने स्याउ सबैभन्दा बढी परिमाणमा रहेको छ । आयात भएका अन्य सामग्रीमा ओखर, लसुन, अदुवाका साथै तयारी पोशाक, नेपालमा निर्माणाधीन विद्युत्का सामग्री, जुत्ताचप्पलजस्ता विविध मालवस्तु छन् ।

गत वैशाख तथा यही जेठ महिनाको २९ गतेसम्म करिब ७० करोड भन्सार शुल्कवापत राजश्व असुली भएकोसमेत प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान संचालन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि

सिकलसेल एनिमियाबारे सचेतनाका लागि स्वास्थ्यकर्मी गाउँमा

कञ्चनपुर । सिकलसेल एनिमिया र थालेसिमियासम्बन्धी पैरवी कार्यक्रम सञ्चालन गरी स्वास्थ्य कार्यालयले सर्वसाधारणलाई

मुख्यमन्त्री आचार्यद्वारा प्रादेशिक अस्पतालको भवन अनुगमन

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको अनुगमन

एचपिभी खोपस्थलमा सावधानी अपनाउन प्रशासनको निर्देशन

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले किशोरीलाई महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन