खोप खरीदको अनुमति दिन प्रदेश एकको आग्रह



विरानटगर । प्रदेश एककी सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशलाई खोप खरीदका लागि अनुमति दिन आग्रह गरेकी छन् । सङ्घीय सरकारले तुरुन्तै खोपको प्रबन्ध गर्नु पर्ने र गर्न नसके प्रदेशलाई खरीदको अनुमति दिन उनले आग्रह गरेकी हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री राईले कोरोना सङ्क्रमण नियन्त्रणका लागि खोप नै महत्वपूर्ण रहेकाले सङ्घीय सरकारलाई चाँडोभन्दा चाँडो प्रबन्ध गर्न आग्रह गरिन् । मन्त्री राईले भनिन्,‘‘केन्द्रले प्रबन्ध गर्न नसक्ने भए प्रदेशलाई खरिदको अनुमति होस् ।’’

कोरोनाको तेस्रो लहर शुरु हुने विज्ञहरुले बताइरहेकाले आवश्यक तयारी गर्न आवश्यक देखिएको मन्त्री राईले कोरोना सङ्क्रमण नियन्त्रणमा प्रदेश सरकारको ध्यान केन्द्रित रहेको कुरामा जोड दिइन् ।

प्रदेशका दुर्गम स्थानमा कोरोना फैलिँदै गएकाले यसको नियन्त्रणमा प्रदेश सरकार लागेको उनले प्रष्ट पार्दै सरकारी अस्पतालमा जनशक्तिको अभाव देखिएकाले परिपूर्तिमा पनि स्वास्थ्य मन्त्रालयको ध्यान जान आवश्यक रहेकोमा जोड दिइन् ।

उनले प्रदेश १ का सबै जिल्ला अस्पताललाई व्यवस्थित बनाउने अभियानमा रहेको जानकारी दिँदै भनिन्,‘‘प्रत्येक जिल्ला अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउने गरी अघि बढेका छौं ।’’

सबै स्थानीय सरकारको बजेट केन्द्रिकृत गरी पूर्ण व्यवस्थित र विकसित अस्पताल निर्माणमा लागि परेको उनले बताइन् । उनले भनिन्, ‘‘एचडियू, आइसियू, भेन्टिलेटर, आवश्यक जनशक्तिसहितको विकसित अस्पताल निर्माण हुनेछ ।’’ मन्त्री राईले विपत्र नागरिकको स्वास्थ्य उपचारलाई केन्द्रित गरी विपत्र स्वास्थ्य कार्यक्रम ल्याउने योजनामा प्रदेश सरकार रहेको धारणा राखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान संचालन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि

सिकलसेल एनिमियाबारे सचेतनाका लागि स्वास्थ्यकर्मी गाउँमा

कञ्चनपुर । सिकलसेल एनिमिया र थालेसिमियासम्बन्धी पैरवी कार्यक्रम सञ्चालन गरी स्वास्थ्य कार्यालयले सर्वसाधारणलाई

मुख्यमन्त्री आचार्यद्वारा प्रादेशिक अस्पतालको भवन अनुगमन

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको अनुगमन

एचपिभी खोपस्थलमा सावधानी अपनाउन प्रशासनको निर्देशन

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले किशोरीलाई महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन