मनिषा कोइराला फाउन्डेशनद्वारा प्रतिष्ठानलाई स्वास्थ्य सामग्री सहयोग



जुम्ला । बलिउड नायिका मनिषा कोइरालाले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन् । मनिषा कोइराला फाउन्डेशनबाट पिपिई सेट ४१०, चस्मा ३५० थान, एन नाइन्टीफाइभ मास्क ३०० थान, १० हजार ट्याबलेट डेक्सोना औषधि, रियुजेबल गाउन ६० सेट सहयोग गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

प्रतिष्ठानका उपकुलपति डाक्टर मङ्गल रावलको समन्वयमा नायिका कोइरालाले फाउन्डेशनमार्फत सहयोग गरेको प्रतिष्ठानले जनाएको छ । स्वास्थ्य सामग्री काठमाडौंबाट जुम्ला ल्याउन भने नेपाली सेनाले सहयोग गरेको छ । प्रतिष्ठानले विपत्को समयमा सहयोगी हात जुट्न थालेको बताउँदै प्रतिष्ठानले फाउन्डेशनलाई धन्यवाद ज्ञापन गरेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना पोजेटिभ बिरामीलाई उपचार गर्नाका साथै जिल्लाबाहिर परिचालन गरी काम गरिरहेको छ भने प्रतिष्ठानमा उपचार गर्न यस पटक सुगुम क्षेत्रबाट पनि बिरामी आउने गरेका छन् ।

प्रतिष्ठानले १२० शय्या आइसोलेशन, १२ शय्याको आइसियु र २४ एचडियु सञ्चालनमा रहेको प्रतिष्ठानका प्रवक्ता रमेश भट्टाराईले बताए । यसैगरी २० कोरोना सङ्क्रमितको शय्यामा सिधै अक्सिजन प्लान्टबाट अक्सिजन आपूर्ति भइरहेको प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान संचालन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि

सिकलसेल एनिमियाबारे सचेतनाका लागि स्वास्थ्यकर्मी गाउँमा

कञ्चनपुर । सिकलसेल एनिमिया र थालेसिमियासम्बन्धी पैरवी कार्यक्रम सञ्चालन गरी स्वास्थ्य कार्यालयले सर्वसाधारणलाई

मुख्यमन्त्री आचार्यद्वारा प्रादेशिक अस्पतालको भवन अनुगमन

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको अनुगमन

एचपिभी खोपस्थलमा सावधानी अपनाउन प्रशासनको निर्देशन

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले किशोरीलाई महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन