प्रदेश इन्चार्जमार्फत माओवादी केन्द्रले सातै प्रदेशमा पठायो स्वास्थ्य सामग्री
काठमाडौं । नेकपा माओवादी केन्द्रले सबै प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड १९ विरुद्ध प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्रीहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका प्रदेश इन्चार्जमार्फत् सबै प्रदेशका लागि हस्तान्तरण गरेका हुन् ।
ती स्वास्थ्य सामग्रीहरु चीन, माओवादी केन्द्र प्रवास समन्वय कमिटी र पार्टीको स्वास्थ्य विभाग/संगठनबाट प्राप्त भएको जनाइएको छ । सामग्रीहरुमा एन ९५ मास्क, अक्सिजन जेनेरेटर, एन्टिजेन, थर्मल गन, अक्सिमिटर, खाली अक्सिजन सिलिण्डर र भरेको अक्सिजन सिलिण्डर, पिपिइ सेट, सर्जिकल ग्लोब्स, सेनिटाइजर, फेस सिल, केएन ९५ मास्क रहेका छन् ।