अष्ट्रेलियाले दियो नेपाली सेनालाई स्वास्थ्य सामग्री



काठमाडौं । अष्ट्रेलिया सरकारले नेपाललाई कोभिड–१९ माहामारी विरूद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

अष्ट्रेलियाली वायु सेनाको विशेष विमानबाट शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याईएका ती सामग्रीहरु नेपालका लागि अष्ट्रेलियली राजदूत फेलीसीटी वोल्कले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी छन् ।

सामग्रीहरु हस्तान्तरण गर्दै राजदूत वोल्कले दक्षिण एसियाका मित्रलाई सहयोग गर्ने अष्ट्रेलियाको क्षेत्रीय कार्य स्वरुप श्रीलंका, भारत र नेपालमा उक्त स्वास्थ्य सामग्री ल्याइएको बताइन् ।

आज ल्याईएका १ दशमलव ८ लाख अष्ट्रेलियन डलर मूल्यका सामाग्रीहरुमा नेपाली सेनाको अनुरोध अनुरुप वेस्टर्न अष्ट्रेलिया सरकारले प्रदान गरेको सर्जीकल मास्क, फेश शील्ड र पञ्जाहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा

कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको