पश्चिमाञ्चल अस्पतालको ओपिडी सेवा जेठ २३ गतेदेखि सञ्चालनमा आउने



पोखरा । सरकारले कोभिड अस्पताल बनाउने निर्णय गरेपछि सबै ओपिडी (बहिरङ्ग) सेवा बन्द भएको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सेवा सञ्चालनमा आउने भएको छ ।

अस्पतालले सोमबार साँझ सूचना जारी गरी यही जेठ २३ गते आइतबारदेखि लागू हुने गरी कोेभिड–१९ व्यवस्थापनका लागि तोकिएका स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्यरूपमा पालना गर्ने गरी अस्पतालका पूर्ववत् सञ्चालन हुँदै आएका ओपिडी सेवा सञ्चालन गरिने जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको गण्डकी प्रदेशको सबैभन्दा ठूूलो सरकारी अस्पताल पश्चिमाञ्चल अस्पतालको सेवा बन्द भएपछि न्यून आय भएका सेवाग्राही मर्कामा परेका थिए ।

यस अस्पतालमा प्रदेशका ११ वटै जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन् भने अन्य अस्पतालको ‘सिफारिस’ अस्पतालसमेत हो । अस्पतालका सूचना अधिकारी नारायणप्रसाद आचार्यले अस्पतालमा सञ्चालित बीमालगायतका सबै ओेपिडी सेवा पूर्ववत् अवस्थामा सञ्चालन गरिने जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का बिरामीको उपचार व्यवस्थापन गर्न निर्देशन दिएकाले जेठ ११ गतेदेखि लागू हुने गरी अस्पतालका सबै ओपिडी सेवा बन्द गरिएको थियो ।

पश्चिमाञ्चल अस्पतालमा हाल कोरोनाका बिरामीको उपचारका लागि ३५ आइसोलेशन शय्या, १७ आइसीयू शय्या, छ भेन्टिलेटर र २५ वटा एचडीयू शय्या सञ्चालनमा छन् । अस्पतालमा वर्षमा तीन लाख तथा दैनिक एक हजार हाराहारीमा सेवाग्राहीले बहिरङ्ग सेवा लिने गरेको अस्पतालले जनाएको छ । यसैगरी दैनिक २०० जनाले आकस्मिक स्वास्थ्य उपचार सेवा लिने गरेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन स्वास्थ्यमन्त्री पौडेलको अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवद्र्धन गर्ने

नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान संचालन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि

सिकलसेल एनिमियाबारे सचेतनाका लागि स्वास्थ्यकर्मी गाउँमा

कञ्चनपुर । सिकलसेल एनिमिया र थालेसिमियासम्बन्धी पैरवी कार्यक्रम सञ्चालन गरी स्वास्थ्य कार्यालयले सर्वसाधारणलाई

मुख्यमन्त्री आचार्यद्वारा प्रादेशिक अस्पतालको भवन अनुगमन

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको अनुगमन