महोत्तरीको बर्दिवासमा सैनिक फिल्ड अस्पताल सञ्चालन



महोत्तरी । नेपाली सेनाको मध्यपूर्वी पृतनाले बर्दिबासमा सैनिक फिल्ड अस्पताल सञ्चालन गरेको छ । हाल निर्माणकै चरणमा रहेको बर्दिवास–६, ८, ९ र १३ नम्बर वडा क्षेत्रमा पर्ने सेनाको मध्यपूर्वी पृतना सैनिक शिविर क्षेत्रमा सेनापति पूर्णचन्द्र थापाले सोमबार उद्घाटन गरेसँगै सैनिक फिल्ड अस्पताल सञ्चालनमा आएको हो ।

अस्पताल मध्यपूर्वी पृतना हेडक्वार्टरको संयोजन र सैनिक कल्याणकारी कोषको लगानीमा अस्पताल निर्माण भई सञ्चालनमा आएको छ । नवनिर्मित २५ शय्याको यस अस्पतालमा नेपाली सेनाका बहालवाला तथा अवकासप्राप्त सैनिक र आश्रित परिवारलाई स्वास्थ्य सेवा उपलब्ध गराइने छ ।

डेण्टल प्रोसिजर, इएम सर्भिस, बेसिक ल्याब सर्भिस, एक्स रे सेवा, दुर्घटना तथा आकस्मिक सेवा, इनडोर सर्भिस र फार्मेसी सेवा अस्पतालबाट दिइने प्रधानसेनापति थापाले उद्घाटन समारोहमा बताए ।

अवकासप्राप्त र बहालवाला सैनिक र आश्रित परिवारले सेवा पाउने यस अस्पतालमा हाल देशमा भयावहरूपमा फैलिँदै गरेको कोभिड–१९ सङ्क्रमणका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न भएको असहज परिस्थितिबीच शय्या उपलब्ध भएसम्म अन्य सर्वसाधारणलाई पनि सेवा उपलब्ध गराउने सेनाले स्पष्ट पारेको छ । अस्पतालसँगै सैनिक शिविर क्षेत्रमै सैनिक आवासीय महाविद्यालय पनि सञ्चालनमा आएको छ ।

महाविद्यालयको पनि प्रधानसेनापति थापाले सोमबार नै उद्घाटन गरेका हुन् । सैनिक आवासीय महाविद्यालय बर्दिबासमा जनमैत्री शैक्षिक कार्यक्रमअन्तर्गत प्रदेश–२ का आठ जिल्लाबाट दुई/दुई जनाका दरले दलित, जनजाति, विपन्न, पिछडा एवं टुहुरा बालबालिकालाई पूर्ण छात्रवृत्तिसहित अध्ययनको व्यवस्था मिलाइएको मध्यपूर्वी पृतना हेडक्वार्टरले जनाएको छ ।

यसै शैक्षिक सत्र (२०७८) बाट कक्षा ६ शुरु गर्ने र प्रत्येक वर्ष क्रमशः कक्षा थप गर्दै लगिने सेनाको मध्यपूर्वी हेडक्वार्टरले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राज्यले नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन

बारपाकमा क्यान्सरको निःशुल्क ‘स्क्रिनिङ’ शिविर

गोरखा। गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित बारपाकमा पाठेघरको मुखमा हुने क्यान्सर रोगको पूर्वपहिचानका लागि

प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा