‘अक्सिजन लिएर आएमात्र उपचार गर्छु’ नभन्न अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामी लिएर अस्पताल आउँदा अक्सिजन लिएर आउन विरामीका आफन्तलाई नभन्न आग्रह गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सोमबार विज्ञप्ति जारी गरी मन्त्रालयले अस्पतालहरुलाई अक्सिजन सिलिण्डर उपलब्ध गराइरहेकाले त्यसो नभन्न आग्रह गरेको हो । केही अस्पतालले विरामीका आफन्तलाई अस्पताल आउँदा अक्सिजन लिएर आउन भनेपछि मन्त्रालयले त्यसो गरेको पाइए कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।