कोभिड संक्रमण भएका र अहिले लक्षण देखिन थालेका व्यक्तिलाई भेरोसेलको दोस्रो डोज नदिइने



काठमाडौँ । चैत २५ पछि कोभिडको खोप लगाए पनि संक्रमण भएका र अहिले लक्षण देखिन थालेका व्यक्तिलाई कोभिड विरुद्धको खोप भेरोसेलको दोस्रो मात्राका लागि हुने जेठ २ गतेदेखिको अभियानमा काठमाडौँ महानगरपालिकाले सहभागी नगराउने भएको छ ।

जनस्वास्थ्य विभागले शुक्रबार वडा क्लिनिक इञ्चार्जहरुसँग अनलाइन बैठक गर्दै भनेको छ, ‘यी व्यक्तिहरुका विषयमा फेरि निर्णय हुनेछ । अहिलेको खोप चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाएका र त्यसपछि कोभिडको संक्रमण नभएका व्यक्तिहरुका लागि मात्र हो । यसैगरी परीक्षण गरेर एकीन नभएका तर कोभिडका लक्षण देखिएका व्यक्तिलाई पनि दोस्रो डोज खोप दिइनेछैन । विभागका प्रमुख हरिबहादुर कुँवरले भने, ‘माथिल्ला निकायबाट निर्देशनबमोजिम हामी खोप सञ्चालन गछौँ । यसैबीच केही नयाँ निर्णय भएछ भने हामी तत्काल परिपत्र र योजना पठाउँछौँ ।’

जेठ २ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने कोभिड विरुद्धको खोप, भेरोसेलको दोस्रो मात्रा सञ्चालन गर्न काठमाडौँ महानगरले एक वडा एक खोप केन्द्र तोकिसकेको छ । खोप केन्द्रमा कम्तीमा २ जना खोपकर्ता र एक जना खोपकर्ता बराबर ३ जना स्वयमसेवक परिचालन हुनेछन् । पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा लगाउने दिन तोकिएको छ । तोकिएका व्यक्तिले तोकिएको दिनमा आफू नजिकको खोप केन्द्रबाट खोप सेवा लिन सक्नेछन् । विभागले क्लिनिक इञ्जार्चहरुलाई व्यवस्थापनका लागि अनुरोध गरेको छ । खोप अभियानका लागि क्लिनिक इञ्चार्जहरुलाई खोप समन्वयकर्ताका रुपमा जिम्मेवारी तोकिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको वैशाख २५ गतेको निर्णयअनुसार चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा दिन लागिएको हो । यसमा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकहरु छन् ।
दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको छ । जसअनुसार २०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा लगाएकालाई जेठ २ गते दोस्रो खोप दिइनेछ । यसैगरी चैत २९ र ३० गते पहिलो खोप लिएकालाई जेठ ३ गते, चैत ३१ र बैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइनेछ ।

बैशाख ३ र ४ गते पहिलो खोप लगाएकालाई जेठ ५ गते, वैशाख ५ र ६ गते पहिलो खोप लगाएकालाई जेठ ६ गते, वैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई जेठ ७ गते, वैशाख ११ र १२ गते पहिलो खोप लिएकालाई जेठ ८ गते भेरोसेलको दोस्रो मात्रा खोप दिइनेछ ।
वैशाख १३, १४ र १५ गते पहिलो मात्रा लिएकाहरुलाई क्रमशः जेठको ९, १० र ११ गते दोस्रो खोप दिइनेछ । यी दिनहरुमा पहिलो खोप लगाउनेको संख्या धेरै थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रदेश अस्पताल सुर्खेतमा ‘क्याथल्याब’ सेवा सञ्चालन

काँक्रेविहार (सुर्खेत) । प्रदेश अस्पताल सुर्खेतमा ‘क्याथल्याब’ सेवा सुरुआत भएको छ । वीर

‘जतिसक्दो चाँडो मनाङमा एउटा एम्बुलेन्स पठाइदिनुपर्यो’

लेखनाथ । जनस्वास्थ्य आपतकालको पूर्व तयारी, प्रतिकार्य तथा पुनर्लाभलाई अझ सुदृढ बनाउने ध्येयले

दैलेखको विकट बस्ती काँशिकाँधको गोर्तिमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

दैलेख । भौगोलिक रूपमा दैलेख जिल्लाको अतिविकट मानिने उत्तरी क्षेत्रमा अवस्थित महावु गाउँपालिका-

मुख्यमन्त्री सिंहले एम्बुलेन्स चालक बनेर अस्पतालका गार्डसँग कुरा गरेपछि…

जनकपुरधाम । केही दिनयता मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामका निजी अस्पतालको अनुगमन