थप ९३०५ जनामा कोरोना संक्रमण, ४,४४४ संक्रमणमुक्त


काठमाडौं । नेपालमा थप ९३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९३०५ जनामा संक्रमण पुष्टि भएको हो ।

२०३६२ जनाको पीसीआर परीक्षण गर्दा ९२३८ र ४२४ जनाको एन्टीजेन परीक्षण गर्दा ६७ जनामा पोजेटिभ देखिएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६८ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४४४४ संक्रमणमुक्त भएका छन् । काठमाडौंमा ३२५०, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ गरी उपत्यकामा ३९२४ जना संक्रमित भएका छन् ।