चितवनमा ८६ चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित



चितवन । चितवन जिल्लामा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुन थालेका छन् । कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा २२, चितवन मेडीकल कलेजमा २२, पुरानो मेडीकल कलेजमा १९, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका १६ जना रहेका छन् ।

यस्तै बघौडा अस्पताल माडी, राप्ती अस्पताल भण्डारा, बकुलहर अस्पताल रत्ननगर, कालिका नगर अस्पताल लगायतका अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी ७ जना सङ्क्रमित भएको उनले जानकारी दिइन् ।

उनका अनुसार सङ्क्रमित चिकित्सक र स्वास्थ्यकर्मी अहिले अइसोलेसनमा रहेका छन् । उनीहरु मध्ये कतिपय सन्चो भएर घर फर्की सकेका छन् । कार्यालयका अनुसार जिल्लामा कोरोना रोग नियन्त्रणमा खटिएका प्रहरी प्रमुखसमेतलाई सङ्क्रमण देखिएको छ ।

जिल्लामा वैशाखमा मात्रै दुई हजार ८० जनामा सङ्क्रमण देखिएको छ जस मध्ये १७ जनाको मृत्यु भई सकेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा हाल औसत दैनिक सात जना सङक्रमितको मृत्यु भएको छ । ती मध्ये अधिकांश बाहिरि जिल्लाका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबीच नौबुँदै सहमति

काठमाडौं । सरकारसँग ९ बुँदे सहमति भएपछि चिकित्सक संघले आन्दोलनका कार्यक्रम स्थगित गरेको

स्वास्थ्य मन्त्रालयले अब हरेक शुक्रबार नियमित रुपमा भिडियो ब्रिफिङ गर्ने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि नियमित रुपमा मन्त्रालयगत गतिविधिको भिडियो ब्रिफिङ

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत

काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षता आज भएको पाटन स्वास्थ्य

बयानब्बे वर्षमा आँखाको ज्योति फर्किएपछि…

बरहथवा । हरिवन नगरपालिका–८ का ९१ वर्षीय नरबहादुर खड्का आँखाको ज्योति फर्किएपछि मक्ख