गैरकानुनीरुपमा शुल्क अशुल्ने अस्पताललाई कारबाही गर्ने मन्त्रालयको चेतावनी



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएको उपचार शुल्कभन्दा बढी लिने अस्पताललाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति जारी गरी सरकारले तोकेको शुल्कभन्दा बढी लिए कारबाही गर्ने चेतावनी दिएका हुन् ।

निजी अस्पतालहरूले सरकारले तोकेको उपचार शुल्कभन्दा बढी लिएको गुनासो आएपछि मन्त्रालयले यस्तो चेतावनी दिएको हो । केही निजी अस्पतालले जारी गरेको उपचार शुल्कका विवरण सार्वजनिक भएपछि चर्को विरोध भएको थियो ।

विज्ञप्तिमा भनिएको छ, ’कोभिड १९ को संक्रमणको यस महामारीको समयमा केही निजी अस्पतालहरूले नेपाल सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिने गरेको भन्ने गुनासो प्राप्त भइरहेका छन् । अनावश्यक शुल्क लिने लगायतका गैरकानुनी गतिविधि गर्ने जुनसुकै व्यक्ति वा संस्थाउपर यस्ता गतिविधि नगर्नू/ नगराउनू हुन सचेत गराइन्छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

    दोधारा चाँदनी (कञ्चनपुर)  । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

९ महिनामा गेटा आँखा अस्पतालमा १७ हजारको आँखाको शल्यक्रिया

अत्तरिया । कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले नौ महिनामा १७ हजारभन्दा

कैलालीको भजनी र कञ्चनपुरको लालझाडीमा नसर्ने रोगसम्बन्धी परियोजना सुरु

  काठमाडौँ  ।  कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा नसर्ने रोगसम्बन्धी परियोजना

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि