कोरोना संक्रमणबाट दाङमा एक पुरुषको मृत्यु



दाङ । दाङमा कोरोना संक्रमणबाट आइतबार एक पुरुषको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका– १५ निवासी ५७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका व्यवस्थापक द्रोण ओलीले जानकारी दिए ।

उनका अनुसार ती पुरुषको आज बिहान ११ः१५ बजेतिर मृत्यु भएको हो । उनी अस्पतालमा यही वैशाख २ गतेदेखि सघन उपचार कक्षमा उपचाररत भर्ना भएका थिए । उनमा निमोनियासमेत थियो । यसअघि गत शनिबार तुलसीपुर उपमहानगरपालिका– १० निवासी ४२ वर्षीय महिलाको पनि कोरोनाका कारण मृत्यु भएको थियो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारका क्रममा मृत्यु भएको हो । जिल्लामा वैशाख महीनायता छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । तीमध्ये तुलसीपुरमा तीन, घोराहीमा दुई र लमहीमा छन् ।

यसैबीच शनिबारमात्र दाङमा ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । प्रतिष्ठान दाङमा १६० को पिसिआर परीक्षण गर्दा ६७ र जिल्ला बाहिर गरिएको परीक्षणमा २१ जनामा कोराना पुष्टि भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सोलुखुम्बुमा ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखा उपचार

  सल्लेरी (सोलुखुम्बु) ।  हिमाली सोलुखुम्बुको फाप्लुमा आँखाको ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखाको उपचार सेवा

पर्सा पूर्ण खोप युक्त जिल्ला घोषणा

  वीरगञ्ज । पर्सा जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको छ  ।

हृदयघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु

  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु हृदयाघातबाट हुने गरेको

भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन

  भरतपुर (चितवन) । चितवनको भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको