थप ४९० जनामा कोरोना संक्रमण, १५७ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४९० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८२०५४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १५७ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७४६०४ पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६६ पुगेको छ। क्वारेन्टाइनमा ६८ जना छन् भने आइसोलेसनमा ४३८४ जना सक्रिय संmक्रमित रहेका मन्त्रालयले जनाएको छ ।