थप ४६० जनामा कोरोना संक्रमण, ५ को मृत्यु
काठमाडौं । नेपालमा थप ४६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४६० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८०९८४ पुगेको छ ।
त्यस्तै मंगलबार थप १५३ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २७४३१८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०५८ पुगेको छ । क्वारेन्टाइनमा ८५ जना छन् भने आइसोलेसनमा ३६०८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।