थप ३३७ जनामा कोरोना संक्रमण, १५१ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३३७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७९७२५ पुगेको छ ।
त्यस्तै शनिबार थप १५१ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २७३८८६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०३९ पुगेको छ । क्वारेन्टाइनमा ८४ जना छन् भने आइसोलेसनमा २८०० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।