यसरी गरौं प्रदूषण नियन्त्रण



डा. रवीन्द्र पाण्डे ।
प्रदूषण फेरि कहालीलाग्दो अवस्थामा पुगेको छ । यो छिट्टै हट्ने संकेत देखिएको छैन । कति राजनीतिका कुरा मात्र गर्ने ? प्रदूषण बिकराल भएको अवस्थामा अल्पकालीन रणनीतिमा सक्रिय तथा सधै दीर्घकालीन रणनीतिमा क्रियाशील हुनुको बिकल्प छैन । प्रदूषण खतरनाक मन्द बिष हो । हाम्रा बालबालिका, जेष्ठ नागरिक तथा दीर्घबिरामीलाई प्रदुषणले दिन प्रतिदिन अस्वस्थ बनाइरहेको छ ।
अहिलेको प्रदूषण हटाउनको लागि यी थोरै काम तत्काल गर्न सम्भव छ ।
– जोर/बिजोर सवारीसाधन संचालन
– वर्क फ्रम होम
– हप्तामा २ दिन बिदा
– महिनाको एकपटक ‘ भेहिकल होली डे ‘ को ब्यबस्था
– अनलाइन प्रणालीको भरपुर उपयोग
– पोलिथिन प्रयोगमा निषेध
– फोहोरलगायत अन्य बस्तु जलाउन निषेध
– आगालागी गर्नेलाई कडा कारबाही
– ट्राफिक प्रहरी सक्रिय भएर शंकास्पद हरेक सवारी साधानको सडकमै प्रदुषण जांच अनि प्रदुषणमा फेल भएका सवारीसाधनमा जरिवाना
– इट्टाभट्टा लगायत प्रदुषण बढाउने कारखाना स्थानान्तरण
– अभियानको रुपमा सरसफाई र वृक्षारोपण
.
यो खालको प्रदुषणले
– मुटु र फोक्सोलाई बिरामी बनाउँछ ।
– मुटु र फोक्सोलाई धपेडी गराउँछ ।
– स्वाश्प्रश्वास प्रणालीका कोष नष्ट गर्छ ।
– दम, ब्रोंकाइटिस तथा क्यान्सर गराउँछ |
– मुटु, फोक्सो तथा मष्तिस्कजन्य दीर्घरोगले मृत्यु गराउँछ ।
– फोक्सोको क्यान्सर हुन्छ ।
– फोक्सो ड्यामेज गराउँछ ।
– मानसिक समस्या निम्त्याउँछ ।
– गर्भवती, सुत्केरी तथा शिशुलाई निकै असर गर्छ ।
– आयु घटाउँछ | आदि !!

सकभर घरभित्र बसौं । बाहिर जाँदा चस्मा, मास्क, लाम्बाहुले कपडा, सनस्क्रिन लोसन तथा स्यानिताइजरको प्रयोग गरौँ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हङ्कङ फ्लुको उपचार के छ ?

-डा. शेरबहादुर पुन केही दिनअघि एक परिचित व्यक्तिलाई एक महिनादेखि खोकीले नछोडेको भनि

चेतनाको अभावले घरमै हुन्छन् सुत्केरी

गलकोट । बागलुङको निसीखोला गाउँपालिकामा गत वर्ष मात्र ६० जनाभन्दा बढी घरमै सुत्केरी

काभ्रेका केही किशोरीले लगाउन मानेनन् ‘एचपिभी’ खोप

काभ्रे । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत ९५

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी